साफ यु–१९ च्याम्पियनशिपमा नेपाल र भारत भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ बैशाख ३०, मंगलबार (१ महिना अघि)
  • ६४ पटक पढिएको
साफ यु–१९ च्याम्पियनशिपमा नेपाल र भारत भिड्दै

वैशाख ३०, काठमाडौँ । साफ यु–१९ च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दैछ । भारतको गोल्डेन जुब्ली रंगशालामा खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

नेपाल र भारत दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । गत आइतबार भएको समूह चरणको पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध ५–० को जित हात पार्दै नेपाल एक खेल अगाबै सेमिफाइनलमा स्थान बनाएको हो भने भारतले श्रीलंकालाई ८-० को फराकिलो अन्तरले हराएको थियो ।

आजको खेलले समूह विजेताको टुंगो लाग्ने छ । समूह बी मा नेपाल, भारत र श्रीलंका रहेका छन् । समूह एमा बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन् । बंगलादेश यस अघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । बंगलादेशले भुटानलाई ३-० र माल्दिभ्ससँग २-२ गोलको बराबरी खेलेको छ ।

प्रतियोगिता अन्तरगत आजै भुटान र माल्दिभ्स भिड्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस