वैशाख ३०, काठमाडौँ । भारत–पाकिस्तान तनावका कारण रोकिएको इण्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरु १७ मे देखि सुरु हुने भएको छ । फाइनल खेल भने ३ जुनमा हुनेछ ।
सोमबार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले बाँकी खेलका नयाँ तालिका सार्वजनिक गरेको हो । आईपीएलको परिमार्जित तालिका आईपीएलका बाँकी कुल १७ खेल ६ स्थानहरू बेंगलुरु, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबादमा खेलाइने छ । प्लेअफका खेल खेलिने स्थान भने पछि सार्वजनिक गरिने छ ।
परिमार्जित तालिका सार्वजनिक गर्दै बीसीसीआईले प्रेस विज्ञप्तिमा भनेको छ, ‘बीसीसीआई टाटा आईपीएल २०२५ पुनः सुरु गर्न पाउँदा खुशी छ । सरकार, सुरक्षा निकायहरू र सबै सरोकारवालासँग विस्तृत छलफलपछि बाँकी खेल अगाडि बढाउने निर्णय गरिएको हो ।’