मिस सर्लाहीको अडिसन भव्यरुपमा सम्पन्न

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ मंसिर २०, बिहिबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर २०, सर्लाही । मिस सर्लाहीको अडिसन भव्यरुपमा सम्पन्न भएको छ ।

पल इन्टरटेन्मेन्ट प्रा.लि.ले आयोजना गरेको मिस सर्लाही सिजन–२ को दोस्रो अडिसन २०७५ मंसिर १७ गते लालबन्दीको सिन्कीअचारमा भव्यताका साथ सम्पन्न भएको पल इन्टरटेन्मेन्टका संस्थापक अमिक पलले बताएका छन् ।
लामो समयदेखि विज्ञापन प्रचार–प्रसार र कलेज क्याम्पियन पश्चात लगभग सयौं प्रतिस्पर्धीहरु अडिसनमा प्रतिस्पर्धा गरिरहेका थिए । जसमध्ये ३१ जना छनौट भएका थिए । १९ जना प्रतिक्षा सूचीमा रहका छन् । बाँकी बाहिरिएको जानकारी आयोजकले बताए ।

पहिलो मिस सर्लाहीमा थोरै प्रतिपस्र्धी भए पनि कार्यक्रम व्यवताको साथ सम्पन्न भएको थियो । तर सिजन–२ मा भने धेरै प्रतिस्र्धीहरु ओइरिएको देखिन्थ्यो ।
त्यसैले सिजन–२ सिजन–१ भन्दा अझ राम्रो र भव्यताको साथ सम्पन्न हुन्छ भनेर आयोजक टीमका पहिलो मिस सर्लाहीका विजेता प्राप्ति उप्रेतीले बताइन । मिस सर्लाहीलाई अझ सफलता भव्यता बनाउनको लागि चितवनबाट प्रशिक्षकको रुपमा पहिलो मिसेस चितवनकी अर्घनाइजर मिना झा आउनु भएको कुरा संस्थापक पक्षले बताएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस