‘आउँदो मंसिरभित्रै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुन्छ’ : अध्यक्ष नेपाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १०, मंगलबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ १०, काठमाण्डौ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो मंसिरभित्रै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने बताएका छन् ।

आज एकीकृत समाजवादी मकवानपुरले हेटौंडा उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद ज्ञापन कार्यक्रममा नेपालले मंसिरभित्र प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने बताएका हुन् । उनले मकवानपुरको दुईवटा संघीय क्षेत्र र ४ वटा प्रदेशसभा सदस्यको निर्वाचन जित्ने गरी पार्टीको कामहरू अघि बढाउन कार्यकर्तालाई निर्देशन दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस