पूर्वमन्त्री विक्रम पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा, दुई अर्ब जरिवाना माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर २१, शुक्रबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

मंसिर २१, काठमाडौं । बाँकेको सिक्टा सिँचाइ आयोजना निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिका कन्स्ट्रक्सनका प्रमुख एवं पूर्वमन्त्री विक्रम पाण्डेविरुद्ध शुक्रबार दुई अर्ब रुपैयाँ बढीको मुद्दा विशेष अदालतमा दायर गरेको छ ।

कालिका कन्स्ट्रक्सनका प्रमुख पाण्डे, चारजना आयोजना प्रमुख, ९ जना इन्जिनियरसहित २१ जनाविरुद्ध मुदा दायर गरिएको हो ।

आयोगबाट सिक्टा नहर निर्माणको अनुगमन गर्दा मूल नहरको डिजाइनमै त्रुटि देखिएको र नहर भत्किएको पाइएको दाबी अख्तियारले गरेको छ ।

यस्तै, आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेन्ट र निर्माण व्यवसायीलेसमेत ‘सुपरभिजन’ नगरेको हुँदा कमसल काम भएकाले नहर भत्किएको पाइएको पनि अख्तियारले उल्लेख गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नेतासमेत रहेका पाण्डेबाट दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रूपैयाँ जरिवाना असुल गर्न पनि अख्तियारले माग गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस