असार २६, काठमाण्डौ । पाकिस्तान फुटबल फेडेरेसन पीएफएफले आफ्नो महिला टोलीलाई नेपालमा हुने साफ च्याम्पियनसिपमा सहभागी गराउने निर्णय गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट प्रतिबन्ध फुकुवा भएसँगै पाकिस्तानले साफ च्याम्पियनसिप खेल्न लागेको हो ।
पाकिस्तानी महिला टोली ८ वर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी बन्नेछ । साफमा पाकिस्तान सहभागी हुने भएपछि अब ७ देशले महिला साफ च्याम्पियनसिप खेल्नेछन् । महिला साफ च्याम्पियनसिप आउँदो भदौ १३ देखि २५ गतेसम्म नेपालमा हुनेछ ।