मन्त्रिपरिषद् बैठक स्थगित, गभर्नर नियुक्ति अनिश्चित

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ ५, सोमबार (५ घण्टा अघि)
  • ३३ पटक पढिएको
मन्त्रिपरिषद् बैठक स्थगित, गभर्नर नियुक्ति अनिश्चित

जेठ ५ काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज नहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ । आजको बैठकले गभर्नर नियुक्त गर्नसक्ने बताइएको थियो ।

गत बुधवार पूर्णता पाएको गभर्नर सिफारिस समितिमा अर्थमन्त्री विष्णु पौडल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे छन् । यसअघि सिफारिस समितिमा रहेका डा. विश्व पौडेलले राजीनामा दिएपछि पाण्डेलाई सरकारले समिति सदस्यमा नियुक्त गरेको हो । पौडेललाई गभर्नर बन्ने लाइनमा छन् ।

समितिको बैठक आजै बसेर गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने र समितिले सिफारिस गरेका ३ जना मध्येबाट एक जनाको नाम मन्त्रिपरिषदले अनुमोदन गर्ने तयारी भएको थियो । तर मन्त्रिपरिद् बैठक नबस्ने भएपछि गभर्नर नियुक्ति पेचिलो बन्दै गएको छ ।

यता प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुदैछ । उनीहरूबीच नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति जुटाउनेगरी छलफल हुन लागेको बताइएको छ ।

गभर्नर नियुक्तिमा आफ्नै दाउ हेरेका एमाले कांग्रेसका कारण नेपाल राष्ट्र बैंक दुई महिनादृेखि नेतृत्वविहिन छ ।

ताजा अपडेट

खोजी गर्नुहोस