प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिए

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ श्रावण ४, बुधबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन ४,काठमाडौँ । नेपाली पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् । आज बुधवार काठमाण्डौमा पत्रकार सम्मेलन गर्ने उनले राजीनामा दिएको घोषणा गरेका हुन् । पुबुदुले राजीनामा दिएका नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुष्टि गरेको छ ।

दोस्रो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएको आठ महिनामै पुबुदुले राजीनामा दिएका हुन् । व्यक्तिगत कारण आफूले राजीनामा दिएको उनले पत्रकार सम्मेलनमा भनेका छन् । अब आफू क्यानडा जाने पनि पुबुदुले बताएका छन् ।

गएको मङ्सिरमा क्यानले खुला छनोटबाट पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको रूपमा रहेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस