विद्यार्थी नभएपछि म्याग्दीका दुई विद्यालय बन्द

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ ५, सोमबार (७ घण्टा अघि)
  • ४७ पटक पढिएको
विद्यार्थी नभएपछि म्याग्दीका दुई विद्यालय बन्द

जेठ ५, गण्डकी । विद्यार्थी नभएपछि म्याग्दीको बेनी नगरपालिकाका दुई विद्यालय बन्द भएका छन् । बेनी–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका हुन् ।

बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले नयाँ शैक्षिक सत्रमा कोही पनि विद्यार्थी भर्ना हुन नआएपछि दुई वटै विद्यालयका शिक्षकलाई नजिकको विद्यालयमा व्यवस्थापन गरिएको बताए ।

विद्यार्थी संख्या न्यून भएकाले गत शैक्षिक सत्रमा कक्षा एक देखि तीनसम्म सञ्चालनमा रहेका ती विद्यालयलाई वालकक्षामा घटुवा गरिएको थियो । गत वर्ष ओखले आधारभूतमा पाँच र जगन्नाथमा तीन जना विद्यार्थी थिए ।

नगर प्रमुख सुरत केसीका अनुसार सुविधायुक्त भवन, इन्टरनेट, विद्युत्, खानेपानी, शौचालय, कम्प्युटरसहितका पूर्वाधार उपलब्ध भए पनि बसाइँसराइका कारण ग्रामीण भेगका सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या घट्दा विद्यालय संकटमा पर्न थालेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस