प्रभु साह ‘विकास पुरुष’, स्थानीयले लगाइदिए १०५ किलोको माला !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष १, आईतबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

पौष १, रौतहट। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश २ अध्यक्ष एवं सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञा दिँदै १ सय ५ किलोको माला लगाइदिइएको छ।

गृहजिल्ला रौतहटको सदरमुकाम गौर नगरपालिका–४ टिकुलियास्थित विष्णु मन्दिरको शिलान्यास गर्न पुगेका यी वामपन्थी नेतालाई स्थानीयले एक सय ५ किलोको फूलको मालाले स्वागत गरेका हुन्।

टिकुलियाबासीद्वरा आयोजित मन्दिर शिलान्यास समारोहलाई सम्बोधन गर्दै साहले नेकपाको सरकार धार्मिक, संस्कृतिक, सामाजिक, आर्थिक सबै विकासका लागि अगाडि बढिरहेको बताएका छन्।

विकासको सवालमा सबै दल एकहुनु पर्ने विचार राख्दै साहले पूर्वमा बागमती र पश्चिम लालबकैयाको मजबुत बाँध बनाएर दुवै नदीको पानीलाई सिंचाईको लागि प्रयोगमा नल्याएसम्म जिल्लाको विकास असम्भव रहेको बताएका छन्।

स्थानीय सञ्जय सहनीका अनुसार पूर्वमन्त्री साहले विष्णु भगवानको मन्दिर निर्माणमा भएसम्मको सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। गौर अस्पतालको अवस्थाबारेमा धारणा राख्दै साहले जिल्ला अस्पतालको सुधारमा जुट्न पनि आग्रह गरे।

कार्यक्रममा प्रदेश सांसद कुन्दन कुश्वाहा, नेकपाका प्रदेश कमिटी सदस्य शम्भु साह, अमर साह, उपेन्द्र साह, गौरका मेयर अजय गुप्ता, उपमेयर किरण ठाकुर, उद्योग वाणिज्य संघका अध्यक्ष पण्डित जयसवाल, देवाही गोनाहीकी उपमेयर परनिया देवी पटेल लगायतले जिल्लाको समग्र विकास, ‘समृद्ध नेपाल र सुखी नेपाली’को परिकल्पना साकार गर्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस