पूर्वप्रधानमन्त्री गिरीको निधनपछि कुन नेताले के भने ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष ३, मंगलबार (६ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

पुस ३,काठमाडौँ ।  पूर्व प्रधानमन्त्री डा तुलसी गिरीको निधनमा विभिन्न राजनितिज्ञले श्रदाञ्जली दिएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको निधनले आफूलाई दुःख लागेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खबरले मलाई दुःख लागेको छ । यस घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समेवेदना व्यक्त गर्दछु ।’

गिरीको ९३ वर्षको उमेरमा मंगलबार विहान बुढानीलकण्ठस्थित निवासमा निधन भएको हो । उनको पार्थिव शरीर अन्तिम श्रदाञ्जलीका लागि निवासमै राखिने भएको छ ।

कांग्रेस सभापतिले पनि दिए श्रदाञ्जली

कांग्रेस सभापति शेर बहादुर देउवाले पनि ट्विट गर्दै पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधनमा श्रदाञ्जली दिएका छन । उनले भनेका छन– पूर्व प्रधानमन्त्री तुलसी गिरीजीको निधनको खवरले दुःखी भएको छु। स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु ।

उहाँ एक विशिष्ठ प्रतिभा : पूर्वप्रधानमन्त्री भट्टराई

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्विट गर्दै भनेका छन– डा. तुलसी गिरीको निधनमा उाहाँप्रति हार्दिक श्रद्धान्जली र आफन्तजनमा गहीरो समवेदना । फरक राजनीतिक धारमा उभिए पनि उहाँ एक विशिष्ठ प्रतिभा हुनुहुन्थ्यो संसार विपरितहरूको एकत्व हो विपरित प्रवर्गको अस्तित्व स्वीकार्नु प्रवोधन हो सबैले मनन गरौं

प्रेरणाश्रोत र मार्गदर्शक गुमाए : कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधनबाट देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको बताएका छन् । उनले आफूले पनि प्रेरणाश्रोत र मार्गदर्शक गुमाएको बताएका छन् ।

मंगलबार थापाले शोक विज्ञप्तिमा जारी गरी डा. गिरीको निधनले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् । शोक विज्ञप्तिमा लेखिएको छ–निष्ठा, आदर्श र स्पष्ट वैचारिक मान्यता उहाँका जीवन दर्शन थिए, आफ्नो अनुकूलतामा विचार र दर्शन परिवर्तन गर्न उद्धत समकालीन नेपाली राजनीतिमा डा। गिरी बरु एक्लो हुनुभयो तर मान्यता परिवर्तन गर्नु भएन ।’

‘उहाँको निधनबाट मैले मेरो प्रेरणाश्रोत र मार्गदर्शक गुमाएको छु, देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको छ,’ थापाले लेखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस