कांग्रेसमा पदाधिकारी विवाद मिल्यो, कोषाध्यक्ष र प्रवक्ता बाहेक सबै निर्वाचित हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष ३, मंगलबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पुस ३,काठमाडौँ । लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा पदाधिकारी विवाद मिलेको छ ।

सहमतिअनुसार अब कांग्रेस ९ जना पदाधिकारी हुनेछन्, उनीहरु मध्ये कोषाध्यक्ष र प्रवक्ता बाहेक सबै निर्वाचित हुनेछन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष उपसभापति, महामन्त्री र सहमहामन्त्री २–२ जना राख्न सहमत भएका हुन् ।

यो देउवाले प्रस्ताव गरेको संख्या हो । तर, निर्वाचन पद्धतीमा पौडेलको अडान सदर भएको छ । अब सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री सबै महाधिवेशनले नै निर्वाचित गर्नेछ । कोषाध्यक्ष र प्रवक्ता मनोनित हुनेछ ।

शीर्ष तहमा भएको सहमतिलाई केहीबेरमा केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गर्नेछ र विधान संशोधन प्रस्तावलाई महासमिति बैठकमा पेश हुनेछ ।

विधान संशोधनमा सहमति हुन नसक्दा महासमिति बैठकको छलफल समेत प्रभावित हुँदै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस