केकीले ढाँटे पनि लुकेन प्रेम

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ पौष ५, बिहिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पौष ५, काठमाडौं । प्रेम र पिम्पल जति लुकायो, त्यति देखिइहाल्छ रे !

नायिका केकी अधिकारीको हकमा पनि यस्तै देखियो। उनले जति लुकाउन खोजे पनि देखिएको पिम्पल हैन, प्रेम हो।

व्यक्तिगत जीवनलाई प्रायः लुकाएरै राख्न सिपालु केकी गायक आर्जन पाण्डेको प्रेममा रहेको खुलेको छ।

आर्जनसँगको उनको प्रेम उनकै आमासामु प्रकट भयो, उनको जन्मदिनमा। सोमबार केकीले आफूनिकट केहीलाई जम्मा पारेर बर्थ डे मनाएकी थिइन्, जहाँ उनकी आमासँगै आर्जन र उनको पारिवारिक सदस्य पनि थिए।

पार्टी त बर्थ डेको थियो, तर आर्जन र केकीको उत्साह हेर्दा इन्गेजमेन्ट पार्टीभन्दा कम थिएन।

ताजा अपडेट

खोजी गर्नुहोस