दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाद्धारा पदबाट राजिनामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष ११, बुधबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

पुस ११,काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् ।

धेरै विवाद आएको भन्दै सञ्चारमन्त्री गोकुल बास्कोटको निर्देशनपछि झाले राजीनामा दिएका हुन् । मन्त्रालय उच्च स्रोतले झाले राजीनामा दिएको पुष्टि गरेका छन् ।

त्यसअघि पत्रकार सम्मेलन गरेर उनले सत्तारुढ नेकपाका नेताहरुविरुद्ध मानहानी मुद्दा हाल्ने बताएका थिए ।

झालाई बर्खास्त गर्न माग गर्दै नेकपाका केन्द्रीय सदस्यहरुले हालै मात्र पार्टीमा ज्ञापनपत्र बुझाएका थिए । साथै स्थायी कमिटी बैठकमा समेत झाको नियुक्तिलाई लिएर सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो ।

बुधबार पत्रकार सम्मेलन गरी झाले आफू प्रतिस्पर्धाबाटै दूरसञ्चार प्राधिकरणको नेतृत्वमा आएको तथा इमान्दार, कर्तव्यनिष्ट कर्मचारी भएको भएको दाबी गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस