महाप्रबन्धक कंसाकारको दावी : वाइडबडी विमान खरिद प्रक्रियामा कुनैपनि अनियमितता भएको छैन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष १२, बिहिबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

पौष १२, काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले वाइडबडी विमान खरिद प्रक्रियामा कुनैपनि अनियमितता नभएको दावी गरेका छन् ।

उनले आफुहरुले भ्रष्टचार गरेको ठहरीए कारबाही भोग्ने बताउँदै कुनैपनि हालतमा पदबाट राजीनामा नदिने समेत स्पस्ट पारे ।

रिपोर्टस क्लवले विहिवार राजधानीको भृकुटीमन्डपमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले विमान खरिदमा एक रुपैयाँ पनि भ्रष्टचार नभएको बताएका हुन् ।

साक्षात्कार कार्यक्रममा बोल्दै महाप्रबन्धक कंसाकारले निगमले सबै प्रक्रिया पुरा गरि जहाज ल्याएको स्पस्ट पार्दै अनियमितता भएको भन्ने हल्ला बाहिर आएकोमा आफु अचम्मित भएको बताए ।

‘सर्वोच्च अदालतले २०७४ मंसिरमा नै सबै प्रक्रिया ठिक भएको बताइसकेको छ । नियम र ऐन कानुनमा बसेर जहाज खरिद गरेका हौ’ कंसाकारले भने । उनले अदालतको लिखित फैसला नै पढेर सुनाएका थिए ।

विमान खरिद प्रक्रियाबारे स्पस्टिकरण दिँदै उनले विमान खरिदका लागि गरिएको ग्लोबल टेन्डरमा सबैभन्दा राम्रो सामान दिने कम्पनीबाट कम मूल्यमा किन्न पाएकोमा हामी खुसी हुनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा उनले निगमले ‘ब्राण्ड–न्यू’ जहाज खरिद गरेको दावी गर्दै बिमानको भारबहन क्षमता २४२ टनको भए पनि एनएसीले ल्याएको २३० टन मात्रै रहेको स्विकार गरे ।

उनले यही किसिमको जहाज यही मूल्यमा वा यो भन्दा कम मूल्यमा ल्याउनसमेत चुनौति दिए । उनले विमान खरिद प्रक्रियामा आफुहरुको कुनै गल्ती नभएको दावी गरे ।

विमान खरिद प्रकरण के र कसको कारणले यति धेरै चर्चामा आएको भन्ने पत्रकारहरुको प्रश्नमा घुमाउरो शैलीमा उनले अन्य कारण नभई राजनीतिक कारण हुनसक्ने बताए ।

सिमित व्यक्तिहरुले आफुहरुलाई बदनाम गर्नकै निम्ति लागिपरेको समेत उनले गुनासो गरे । त्यस्तै उनले नेताहरुले यस विषयमा नबुझिकन टिप्पणी गरेको आरोप लगाए ।

ताजा अपडेट

खोजी गर्नुहोस