टर्की र सिरियामा भूकम्पबाट मर्नेको संख्या १६ हजार नजिक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ २६, बिहिबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ २६, काठमाण्डौँ । सोमबार टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ । सीएनएनका अनुसार भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार ८६५ पुगेको छ ।

टर्कीको प्रकोप र आपतकालीन व्यवस्थापन एजेन्सी एएफएडीका अनुसार टर्कीमा मात्रै मृतकको संख्या १२ हजार ८७३ पुगेको छ । उता सिरियाको उत्तरपश्चिम विद्रोही नियन्त्रित क्षेत्र र सरकारी नियन्त्रित भागमा गरी मृतकको संख्या २ हजार ९९२ पुगेको छ ।

मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको सहायता एजेन्सीहरूले जनाएका छन् । दुई देशमा गरी २० हजारको मृत्यु भएको अनुमान संयुक्त राष्ट्र संघले गरेको छ । घाइतेको संख्या ५० हजारभन्दा बढी रहेको बताइएको छ । खोज र उद्धार टोलीहरूले चिसो मौसमका बाबजुद भत्किएका भवनको भग्नावशेष पन्छयाइरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस