टर्की र सिरियामा भूकम्पमा परी ३७ हजार बढीको मृत्यु, मृतकको संख्या दोब्बर हुनसक्ने आकलन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ फागुन २, मंगलबार (२ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फागुन २, काठमाण्डौँ । गत सोमबार टर्कीमा गएको भूकम्पमा परी टर्की र सिरियामा गरी ३७ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । यसैबीच संयुक्त राष्ट्रसंघले अब भग्नावशेषमा पुरिएका जिवित नागरिकलाई सहयोग पुर्‍याउन केन्द्रित हुने बताएको छ ।

संयुक्त राष्ट्रको राहत संस्था यूएन एडका प्रमुख मार्टिन ग्रिफिथले भूकम्प प्रभावित मानिसका लागि बस्ने स्थान, खाना, स्कुलको व्यवस्था र मानसिक स्वास्थ्यसँग जोडिएका सहयोग उपलब्ध गराउन राहत एजेन्सीहरुलाई केन्द्रित हुन अनुरोध गरेको छ ।

अहिले पनि भग्नावशेषमुनि केही मानिसहरु पुरिएको हुनसक्ने उनले बताएका छन् । कैयौं मानिसको भग्नावशेषबाट उद्धार गरिएको छ।
उनले सिरियामा भने सरकार नियन्त्रित क्षेत्रबाट विद्रोही नियन्त्रित क्षेत्रमा सहयोग सामग्री पुर्‍याउनुपर्ने बताएका छन् । साथै सहयोगी संस्था द व्हाइट हेलमेट्सले सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा मानिसहरु निराश रहेको र विश्वले एक्लै छाडिदएको महशुस गरेको बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस