निरा पाण्डे आचार्यको हत्यामा संलग्न आरोपी झापाबाट पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १७, आईतबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

बैशाख १७,काठमाडौँ । कपनस्थित सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्न आरोपीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । करिब १३ वर्षदेखि भाँडा पसल सञ्चालन गर्ने आचार्यको वैशाख ७ मा पसलमै हत्या भएको थियो ।

हत्यामा संलग्न आरोपमा विनोद विकलाई पक्राउ गरिएको अनुसन्धान समितिका एकजना सदस्यले बताए । अनुसन्धानमा संलग्न अधिकृतहरुकाअनुसार विनोद झापाको धुलाबारीका स्थानीय हुन् । आरोपीको विस्तृत विवरण खुलिसकेको छैन । घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको छ ।

वैशाख ७ मा सामान किनेको पैसा बुझाउन जाँदा एकजना महिलाले काउन्टरमा ३५ वर्षीया निरा रगतपच्छे भएर ढलेको देखेपछि परिवारलाई खबर गरेकी थिइन् । उनको शरीरको २० ठाउँमा चक्कुले हानेर हत्या गरिएको थियो ।
हत्याबारे केन्द्रीय अनुसन्धान ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टिमले अनुसन्धान गरेको थियो ।

निराले चलाएको ‘निरु किचेन’ बाट करिब ३ सय मिटर पर निराका श्रीमान योगेन्द्र आचार्यले इलेक्ट्रिक सामग्री पसल चलाएका छन् । योगेन्द्र र निराकी १० वर्षीया छोरी छिन् । काठमाडौंको मुटुमा भएको विभत्स हत्या अनुसन्धानमा ढिलाई भएको भन्दै प्रश्न उठेपछि प्रधान कार्यालयले शुक्राबार एआईजीको नेतृत्वमा समिति बनाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस