पाँचथरमा चट्याङ लागेर ५४ भेडा मारिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १७, आईतबार (२ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

वैशाख १७, पाँचथर । फालेलुङमा चट्याङमा परी ५४ वटा भेडा मारिएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–३ स्थित एउटै खोरमा रहेका ५४ वटा भेडा मरेका छन् भने एकजना गोठालो भने घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार चट्याङ पर्दा भेडा फर्ममा नै रहेका याङबरक–३ निवासी प्रेम राई भने सख्त घाइते भएका छन् । शरीरको दाहिने पाटो नचल्ने र बोल्न नसक्ने अवस्थामा फेला पारेका उनलाई उपचारका लागि फालेलुङ स्वास्थ्य चौकी पठाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख हरि खतिवडाका अनुसार सो चट्याङका कारण भेडा फर्मका मालिकलाई झन्डै १६ लाख बराबरको क्षति हुन पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस