केन्द्रीय तहका नेतालाई असार मसान्तभित्र लेबी बुझाउन जसपाको ताकेता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २८, बिहिबार (१ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

असार २८, काठमाडौँ । असार मसान्तभित्र केन्द्रीय तहका नेतालाई लेबी बुझाउन जनता समाजवादी पार्टीले ताकेता गरेको छ ।
पार्टीका आर्थिक विभाग प्रमुख विजय यादवले पार्टीको केन्द्रीय समिति, केन्द्रीय राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूले लेबी बुझाउन आह्वान गरेको हो ।

जसपाले केन्द्रीय सदस्यलाई पाँच सय, राजनीतिक समितिका सदस्यलाई सात सय र कार्यकारिणी सदस्यलाई एक हजार मासिक लेबी लिने गरेको छ । अधिकांश नेताले लेबी बुझाइसकेको आर्थिक विभाग प्रमुख यादवले बताए। नबुझाएकोहरुलाई असार मसान्तभित्र बुझाउन पत्र पठाइएको विभाग प्रमुख यादवले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस