‘अहिले तत्काल सरकारमा सहभागी हुनेबारे कुनै योजना छैन’ : सभापति लामिछाने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २८, बिहिबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असार २८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुने योजना नभएको बताए ।

काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै लामिछानेले अहिले पार्टी विस्तार लगायत अन्य आन्तरिक काममा रास्वपाको ध्यान केन्द्रीत रहेको भन्दै सरकारमा सहभागी हुने योजना नरहेको र पार्टी भित्र पनि कुनै छलफल नभएको बताएका हुन् ।

लामिछानेले सरकारमा जाने रेसमा पार्टी नरहेपनि सरकारको स्थायीत्वको पक्षमा रास्वपा रहेको जिकिर गरे । उनले पार्टीले आफ्ना निर्णयहरू स्वतन्त्र रूपमा गर्ने गरेको भएपनि कहिले सत्ता पक्ष र कहिले प्रतिपक्षी निकट भनेर आरोप लाग्ने गरेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस