दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १२, मंगलबार (१ साल अघि)
  • १०८ पटक पढिएको
Post Thumbnail

मंसिर १२,काठमाडौँ । प्रहरीले दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापालाई पक्राउ गरेको छ । थापालाई प्रहरी वृत्त गौशालामा राखिएको छ । प्रसाईंका स्वकीय सचिव थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

थापा सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ परेका हुन् । सोमबार गौशालाबाट सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १४ जना पक्राउ परेका थिए । पक्राउ परेकाहरूलाई मुद्दा चलाउने वा छाड्ने भन्नेबारे छलफल भइरहेको एसपी ढुंगेलले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस