सुनचाँदी

तोलाकै डेढ लाख पुग्यो सुन, हालसम्मकै उच्च मूल्य

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण २१, सोमबार (९ महिना अघि)
  • ८८ पटक पढिएको
तोलाकै डेढ लाख पुग्यो सुन, हालसम्मकै उच्च मूल्य

साउन २१, काठमाण्डौँ । सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारको लागि एक तोला सुनको मूल्य एक लाख ५० हजार तोकेको छ ।

गत शुक्रबार एक लाख ४९ हजार ९०० रूपैयाँ पुगेको थियो । आइतबार दुई सय रूपैयाँ घटेर एक लाख ४९ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो ।

सोमबार भने तोलामा ३०० रूपैयाँले बढेर एक लाख ५० हजार रूपैयाँ पुगेको छ । यसअघि कहिलै एक लाख ५० हजार रूपैयाँ बराबर पुगेको थिएन ।
सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ७८५ रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सुनको मूल्य अझै बढ्ने अनुमान विश्व बजारमा भने भइरहेको छ ।

 

#सुनचाँदी

ताजा अपडेट

खोजी गर्नुहोस