प्रहरी उच्च अधिकृतले दायर गरेको रिटमा आज सुनुवाई हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १३, बिहिबार (८ महिना अघि)
  • ६१ पटक पढिएको
प्रहरी उच्च अधिकृतले दायर गरेको रिटमा आज सुनुवाई हुँदै

भाद्र १३, काठमाण्डौँ । सर्वोच्च अदालतमा नेपाल प्रहरीका उच्च अधिकृतले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेका छन् ।

नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीसहित पाँचजना उच्च अधिकृतले उमेरहदका कारण गरिएको अवकास रोक्न रिट निवेदन दायर गरेको र उक्त रिटमाथि आज सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।

प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजी ५६ वर्ष उमेर पूरा भएमा अवकाशमा हुने व्यवस्था रहेको छ । अदालतमा विचारधीन मुद्दाहरू रहेको हुँदा दर्जागत उमेरहका कारण गरिएको अवकाश रोक्न रिट निवेदनमा माग गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस