भाद्र १५, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल गरेका छन् । सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्माले पेश गरेको प्रस्तावबारे शनिबार बुढानिलकण्ठमा पार्टीका पूर्व तथा वर्तमान पदाधिकारीहरुबीच छलफल भएको र ठोस सहमतिमा पुग्न नसकेको एक पदाधिकारीले बताएका हुन् ।
अब आइतबार केन्द्रीय समितिको बैठक अघि फेरि छलफल हुने बताइएको छ । सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मासँग यसअघि पटक पटक गरेको छलफल निष्कर्षमा पुग्न सकेको छैन ।