सहकारी बचत रकम अपचलन प्रकरण

गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ६, आईतबार (७ महिना अघि)
  • १०९ पटक पढिएको
गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी पक्राउ

असोज ६,काठमाडौँ । सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोशीलाई शङ्खमूलबाट पक्राउ गरेको हो ।

उनी गोर्खा मिडियाका पूर्व सञ्चालकमध्ये एक हुन । उनीविरुद्ध कास्कीमा उजुरी परेकाले कास्की प्रहरीमा पठाउने तयारी भइरहेको छ । आजै गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका थिए।

संसदीय छानविन समितिले सहकारी ठगी प्रकरणका आरोपी गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ४ जनाविरुद्ध चार कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस