पुण्य गौतममाथी रड प्रहार, आइसियुमा उपचार हुँदै

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ आश्विन २२, मंगलबार (७ महिना अघि)
  • ८९ पटक पढिएको
पुण्य गौतममाथी रड प्रहार, आइसियुमा उपचार हुँदै

असोज २२,काठमाडौँ । पुण्य गौतममाथि निर्घात कुटपिट भएको छ। सोमबार बेलुकी सवा ९ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ बेसीगाउँमा रहेको उनको घर अगाडिको बाटोमा गौतममाथि कुटपिट भएको हो ।

गौतमकी श्रीमती अपेक्षा अधिकारीले पुन्यलाई आइसियूमा राखेर उपचार गराइएको जानकारी दिएकी छन्। ‘उहाँ हिजो बेलुकी घर फर्कदै हुनुहुन्थ्यो। त्यसै क्रममा घरनजिकै एक जना व्यक्तिले रडले हिर्काएछन्,’ उनले भनिन्, ‘उहाँको टाउकोमा चोट छ भने टाँका लगाइएको छ, आइसियुमै हुनुहुन्छ।’

कसले के कारणले गौतममाथि आक्रमण गरेको हो खुलिसकेको छैन। गौतममाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए।

प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले घटनाबारे अनुसन्धान गरिररहेको छ भने संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस