असाेज २३, काठमाडौं । यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भूभागबाट बाहिरिएको छ।
साथै काठमाडौं उपत्यका लगायत बागमती प्रदेशको अधिकांश भूभागको पश्चिमी भूभाग र मधेश प्रदेशका पश्चिमी भूभागको थोरै स्थानहरूबाट बहिर्गमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट मिति असोज २० गते मनसुन बहिर्गमन भएको थियो ।
महाशाखाले मंगलबार मनसुन बहिर्गमन बुलेटिन-२ जारी गरेर मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जनाएको छ।