साथीहरुसँग खोलामा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन २९, मंगलबार (७ महिना अघि)
  • ७३ पटक पढिएको
साथीहरुसँग खोलामा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु

असाेज २९, मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा एक बालिकाको खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।बागमती गाउँपालिका—१ हात्तीढुङ्गाकी १३ वर्षीया रुविना तामाङ चिरुवा खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

रुविनासहित तीन जना बालिकाहरू चिरुवा खोलामा सोमबार दिउँसो नुहाउन गएका थिए । नुहाउने क्रममा उनी खोला डुबेकी थिइन् । खोलामा डुबेसँगै नुहाउन गएकी एलिना तामाङले ‘रुविनाको हजुरआमा र हजुरबुबा’ भनेपछि हतार हतारमा आएर खोलाबाट रुविनालाई निकालेका थिए ।

रुविनालाई तत्कालै उपचारका लागि झुरझुरेस्थित क्लिनिकमा लगिएको थियो । उनको उपचारकै क्रममा नै मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार राति नै पोष्टमार्टम गर्न उनको शव हेटौंडा अस्पताल ल्याइएको छ । रुविना मामा घर बस्दै आएकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस