उदयपुरमा श्रीमानले पेट्रोल छर्किएर आगो लगाइएकी पूर्णकुमारीको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ कार्तिक ६, मंगलबार (७ महिना अघि)
  • ४० पटक पढिएको
उदयपुरमा श्रीमानले पेट्रोल छर्किएर आगो लगाइएकी पूर्णकुमारीको मृत्यु

कार्तिक ६, काठमाण्डौँ । उदयपुरमा श्रीमानले पेट्रोल छर्किएर शरीरमा आगो लगाइएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । असोज २२ गते घरायसी विवादमा उदयपुरको बेलका नगरपालिका–८ डुडखोलाकी ४० वर्षीया पूर्णकुमारी राईलाई ४८ वर्षीय श्रीमान दानबहादुर राईले पेट्रोल छर्किएर शरीरमा आगो लगाइ दिएका थिए ।

आगोले जलेर गम्भीर घाइते पूर्णकुमारीको धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयकाका प्रहरी निरीक्षक सुमन बाँनियाले जानकारी दिए । घटनामा संलग्न श्रीमानलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिइ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरू गरिएको छ । मृतकको शव सोमबार पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

१६ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस