कार्तिक १०, काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि आन्दोलनरत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो पटक केन्द्रीय समितिको बैठक बस्दैछ । रास्वपाले शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको छ ।
बैठकमा छलफलका लागि रास्वपाले तीन एजेण्डा तय गरेको छ । बैठकमा समसामयिक राजनीतिक गतिविधि, आगामी कार्यदिशा र विविध विषयमा छलफल हुने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।