एमालेका नेता महरको जाहेरीपछि रश्मिला पक्राउ, अदालत परिसरमा विष सेवन गरेपछि अस्पताल

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ मंसिर ५, बुधबार (५ महिना अघि)
  • १०१ पटक पढिएको
एमालेका नेता महरको जाहेरीपछि रश्मिला पक्राउ, अदालत परिसरमा विष सेवन गरेपछि अस्पताल

कात्तिक ५,काठमाडौँ । नेकपा एमालेका नेता ऐन महरको जाहेरीपछि रश्मिला धामी पक्राउ परेकी छन् । एमाले निकट अखिलकी पूर्व नेतृ रहेकी धामी आज उच्च अदालत पाटन परिसरबाट पक्राउ परेकी हुन् ।

धामीमाथि आपराधीक लाभ लिएको भन्दै उजुरी परेको थियो । उनले आफूलाई हनी ट्यापमा पारेर रकम असुलेको भन्दै अखिलका पूर्व अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य महरले जाहेरी दिएका थिए । धामीविरुद्ध गत वैशाखमा पक्राउ पूर्जी जारी भएको थियो ।

बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली उनलाई पक्राउ गर्न उच्च अदालत पाटन परिसर पुगेको थियो । प्रहरीको टोलीलाई देखेपछि उनले विषाधीजन्य पदार्थ सेवन गरेकी थिईन् । अहिले उनलाई अल्का अस्पतालमा लगिएको स्रोतले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस