पर्सामा आज पूर्व गृहमन्त्री रवि लामिछानेको बयान हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर २५, मंगलबार (५ महिना अघि)
  • ५८ पटक पढिएको
पर्सामा आज पूर्व गृहमन्त्री रवि लामिछानेको बयान हुने

मंसिर २५, काठमाडौँ । सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धानका लागि पर्सा पुर्‍याइएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको आज बयान हुने भएको छ । बयान सकिएपछि लामिछानेलाई फेरि कास्की पठाउने पर्सा प्रहरीले जनाएको छ ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई हिजो पोखराबाट हवाई मार्ग हुँदै काठमाडौं ल्याई सिमरा पुर्‍याइएको थियो । त्यहाँबाट लामिछानेलाई गाडीमा वीरगञ्ज लगिएको थियो । लामिछानेलाई पर्सा लग्ने जानकारी पाएपछि उनका समर्थकहरूले सिमरामा प्रदर्शन गरेका थिए ।

जीबी राई सञ्चालक रहेको सानो पाइला बचत सहकारीको झण्डै एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना विरुद्ध उजुरी परेपछि पर्सा जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको थियो । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई भने पोखराबाट सडक मार्ग हुँदै वीरगञ्ज पुर्‍याइएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस