२०७२ पछिकै ठूलो धक्का, चीन केन्द्रबिन्दु भएर गएको भूकम्पले नेपालमा १३ जना घाइते

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ पौष २३, मंगलबार (४ महिना अघि)
  • ४६ पटक पढिएको
२०७२ पछिकै ठूलो धक्का, चीन केन्द्रबिन्दु भएर गएको भूकम्पले नेपालमा १३ जना घाइते

पौष २३, काठमाडौँ । चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै गएको भूकम्पका कारण विभिन्न जिल्लामा १३ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार बारामा ११ घाइते भएका छन् । प्रहरीले भूकम्पका कारण काठमाडौं र काभ्रेमा १–१ जना घाइते भएका जनाएको छ ।

भूकम्पले ओखलढुंगामा ३ घरमा क्षति पुगेको छ । प्रहरीले जसमधये २ घरमा सामान्य क्षति पुगेको छ भने १ घर पूर्ण क्षतिग्रस्त बनेको छ । यस्तै सोलुखुम्बुमा ५ घरमा क्षति पुग्दा १ मा आंशिक, १ मा पूर्ण र ३ मा सामान्य क्षति पुगेको छ । संखुवासभामा १, ताप्लेजुङमा ३, सिन्धुपाल्चोकमा १ र रामेछापमा १ घरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस