फागुन २, काठमाण्डौँ । सत्ता साझेदार नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरुको वैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसिरहेको छ ।
देउवाले आफूलाई सभापति चुन्न सहयोग गर्ने नेताहरुलाई बैठकमा बोलाएका हुन् । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ल्याएको अध्यादेश, पार्टीको आन्तरिक समीकरणलगायतको विषयमा छलफल भइरहेको जनाइएको छ ।
उक्त बैठक शुक्रबार बिहानैदेखि जारी रहेको स्रोतको भनाइ छ । बैठकमा पूर्णबहादुर खड्का, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह, गोपालमान सिंह, प्रकाश शरण महत, बालकृष्ण खाँड, एनपी साउदलगायत नेताहरु सहभागी छन् ।