बिमा रकम नपाएपछि भरतपुर अस्पतालमा २४ प्रकारका परीक्षण बन्द

बिमा रकम नपाएपछि भरतपुर अस्पतालमा  २४ प्रकारका परीक्षण बन्द

काठमाडौं । स्वास्थ्य बिमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि चितवनस्थित भरतपुर अस्पतालले बिमामा तोकिएका २४ प्रकारका परीक्षण बन्द गरेको छ । परीक्षणका लागि आवश्यक रिएजेन्ट (केमिकल) खरिद गर्न कठिन भएसँगै सेवा बन्द गरेको अस्पतालले जनाएको छ ।

साउनयता बिमा बोर्डबाट पाउनुपर्ने ५० करोड भुक्तानी नभएपछि ती सेवा परीक्षण बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार वैशाख १ गतेदेखि परिक्षण रोकिएका हुन् ।

यसअघि नै बिमा बोर्डले तीन महिनामा एकपटक मात्रै परीक्षण गर्न पाउनेगरी नीति बनाएको थियो । भिटामीन डी, भिटामिन १२ जस्ता परीक्षण बिमामार्फत गर्न रोकिएको हो । ती परीक्षणको कीट एवं केमिकल खरिद महँगो हुने हुँदा परीक्षण पनि खर्चिलो हुने गर्दछ । त्यसैले रोक्नु परेको उनले बताए ।

बिमा बोर्डले भुक्तानी नदिँदा, फार्मेसीमा औषधि ल्याउने कम्पनी, रिएजेन्ट (केमिकल) र प्रयोगशालामा प्रयोग हुने अन्य सामग्री खरिदमा समस्या भएको उनले बताए । उनका अनुसार फागुनदेखिको १२ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस