लगानीकर्तामा उत्साह: शेयरबजारमा उकालो यात्रा जारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ १८, बुधबार (१६ घण्टा अघि)
  • ६० पटक पढिएको
लगानीकर्तामा उत्साह: शेयरबजारमा उकालो यात्रा जारी

असार १८,काठमाडौँ । सेयर बजारमा देखिएको सकारात्मक यात्राले बुधबार पनि निरन्तरता पाएको छ। लगानीकर्ताको उत्साहसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार चौथो दिन पनि वृद्धि भएको हो ।

बुधबार बजार परिसूचक ३४.४२ अङ्कले बढेर २६९४.८२ को विन्दुमा पुगेको छ । आइतबार बजार २६.५३ अङ्क, सोमबार ९.१९ अङ्क र २८.९१ अङ्कले बढेको थियो । आजको वृद्धिसँगै चार दिनमा बजारको वृद्धि ९९.०२ अङ्क पुगेको छ ।

बजार बढेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ। आज दिनभरिमा कुल ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ। अघिल्लो दिन जम्मा ७ अर्ब ३ करोड कारोबार भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस