रवीन्द्र मिश्रसहित २३ जनामाथि ५ दिन म्याद थप, आपराधिक उपद्रवमा पनि मुद्दा

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख २५, बिहिबार (६ घण्टा अघि)
  • ६४ पटक पढिएको
रवीन्द्र मिश्रसहित २३ जनामाथि ५ दिन म्याद थप, आपराधिक उपद्रवमा पनि मुद्दा

वैशाख २५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईलगायत २३ जनामाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले आज थप ५ दिनको म्याद दिएको छ ।

उनीहरूमाथि यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेकामा आजबाट भने आपराधिक उपद्रव कसुरमा पनि अनुसन्धान थालिएको छ ।

काठमाडौँ जिल्ला अदालत प्रशासन शाखाका हेमन्त भट्टराईले अन्य २८ जनाको हकमा भने ७ दिनको म्याद थप भएको बताए । उनीहरूविरुद्ध सङ्गठित अपराध र आपराधिक उपद्रवमा अनुसन्धान भइरहेको छ ।

गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको भन्दै आन्दोलनका कमाण्डर दुर्गा प्रसाईँ, मिश्र र धवलशमशेर राणा लगायतलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राणा हाजिर जमानीमा रिहा भएपनि रवीन्द्र मिश्र ४२ दिनदेखि प्रहरी हिरासतमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस