जेठ ७, काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य ह्वातै बढेको छ । आज सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार एक तोला सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको थियो।
यस्तै चाँदी तोलामा ५० रुपैयाँले बढेको छ । हिजो प्रतितोला १९४० रुपैयाँमा रहेको चाँदी आज १९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजन गरिएको हो ।