एससीटीले ल्यायो ‘स्मार्ट जुलाई’ अफर, बिगमार्टमा SCT-UPI कार्डबाट भुक्तानी गर्दा १०% छुट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ १९, बिहिबार (१५ घण्टा अघि)
  • ५२ पटक पढिएको
एससीटीले ल्यायो ‘स्मार्ट जुलाई’ अफर, बिगमार्टमा SCT-UPI कार्डबाट भुक्तानी गर्दा १०% छुट

असार १९, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले नेपालमा १२० भन्दा बढी शाखा रहेको चेन स्टोर बिगमार्टमा SCT-UPI कार्ड प्रयोगकर्ताहरूका लागि ‘स्मार्ट जुलाई’ अफर ल्याएको छ ।

यही जुलाई १ देखि ३१ सम्म रहेको यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टको सम्पूर्ण शाखामा SCT-UPI कार्डबाट भुक्तानी गर्दा एकपटकमा १०%, अधिकतम रु १०० हुने गरीे छुट प्राप्त गर्नेछन् । यो छुट पाउँन SCT-UPI कार्ड प्रयोग गरी POS मेसिन मार्फतनै भुक्तानी गर्नु पर्नेछ ।

SCT ले यस अघि बिगमार्टमै SCT Smart Wednesday अफर दिदै आएको थियो जसमा SCT-UPI कार्ड प्रयोगकर्ताहरूलाई हरेक बुधबार SCT-UPI कार्डबाट भुक्तानी गर्दा १०% छुट पाएका छन् । यो छुट SCT को सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाका SCT-UPI कार्ड प्रयोगकर्ताहरूले पाउनेछन् ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UPI कार्ड जारी गर्दै आइरहेको छ । यस अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।

SCT-UPI कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर SCT-UPI कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस