तयारी नपुग्दा प्रधानमन्त्रीको बेलायत भ्रमण खल्लो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ ३१, शुक्रबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ ३१, काठमाडौँ । झन्डै दुई दशकपछि भएको नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण गलत समय र पर्याप्त तयारी नपुग्दा खल्लो बन्न पुगेको छ ।

साताव्यापी युरोप भ्रमणमा क्रममा बेलायत पुगेका प्रधानमन्त्री ओलीले तीन दिन त्यहाँ बस्दा बेलायती समकक्षी थेरेसा मेसँग भेट त गरेका छन्, तर यसबेला उनी काम चलाउ सरकार प्रमुख भएकाले महत्तपूर्ण विषयमा सहमति वा सम्झौता भने हुन सकेन ।

बेलायत महारानीसँग पनि भेट हुन सकेन । बेलायतमा महारानीसँगको भेटलाई महत्वपूर्ण रुपमा लिने गरिन्छ । कामचलाउ प्रधानमन्त्री भएका बेला भएको भ्रमणमा महारानीसँग भेट हुन नसक्नुलाई परराष्ट्र मामिलाका जानकारहर गलत समयको भ्रमण र कूटनीतिक अपरिपक्कताको परिणाम भएको बताउँछन् ।

प्रधानमन्त्री ओलीले महारानीको सट्टा राजकुमार ह्यारीसँग भेट गरेर चित्त बुझाउनु परेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस