नेकपा नेतृ चौधरीले भनिन्– ‘भुमिहिनका पक्षमा बोले बापत सजायको भागीदार बन्न पर्छ भने सधैँ तयार छु ‘

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ ३२, शनिबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

जेठ ३२,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेतृ शान्ता चौधरीले जमिन हुने धनाड्यहरु टन्न अघाउने गरी खाँदा आफु आँसु पिएर बाँचेको बताएकी छिन। आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै चौधरीले भुमिहिनहरु संगठित भयौं दु,ख , दर्द , पिडा साटेर हातेमालो गर्यौं र भोको पेट आन्दोलन गर्‍यौं । त्यही समुदायबाट उठेको मान्छे म आज नीति बनाउने ठाउँसम्म आईपुगेको छु, भनेकी छिन ।

उनले भनेकी छिन–’व्यक्तिगत जीवनको घाटा र नाफाको हिसाब गर्ने क्याल्कुलेटर छैन मसँग तर न्याय र अन्याय छुट्याउन सक्ने बिबेक भने पर्याप्त छ । सम्भ्रान्त बर्गको हितमा नबोले बापत बास बस्ने झुपडी दनदनी आगोमा बलेर खरानी बनेको जीवन भोग्नेलाई तपाईं अर्ती दिंदै भन्नुहुन्छ , सके सम्भ्रान्त बर्ग कै हितमा बोल नसके चुपचाप बस किनकी बोल्दा तिमीलाई नोक्सान हुन्छ ।’

उनले थपेकी छिन–’मेरो एउटै मात्र जवाफ छ तपाईंलाई , भुमिहिन गरिब किसानका पक्षमा बोले बापत कुनै सजायको भागीदार बन्न पर्छ भने तयार नै छु ।तपाईंको अर्ती सुन्न सक्ने मेरा कानहरु बन्द छन यतिबेला । कसैले मलाई समाप्त गर्ने उद्देश्य राख्छ भने समाप्त हुन तयार छु । तर बोल्न सक्दिन पुजारीका नामबाट करोडौं कमाई गर्ने र छोराछोरी युरोप अमेरीका पढ्न पठाउने सन्त महान्तहरुका पक्षमा । बोल्न सक्दिन जमिन लुटेर खाने भु– माफियाहरुका पक्षमा । मलाई सराप्नु , अझ धेरै सराप्नु तपाईंको सराप सहन केहि गार्‍हो छैन मलाई तर काँधका छाला खुईल्याएर , पटपट्टी फुटेका अनि चिरा चिरा भएका पाईता लिएर भोकै पेट आँशुका धार बगाउँदै उठेका भुमिहिनका आवाजप्रति कठोर बन्न किमार्थ सक्दिन । गरिबी के हो भोग्नेहरुलाई सोध्नु , पीडा के हो भोग्नेहरुलाई राम्रोसँग पढ्नु ।’

 

ताजा अपडेट

खोजी गर्नुहोस