असार ४,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच साढे दुई घन्टा छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले शुक्रबार पार्टी सचिवालय बैठक बोलाउने निर्णय गरेको बताइएको छ । बैठकमा पछिल्लो घटनाक्रमका विषयमा समेत समिक्षा गरिएको बुझिएको छ ।
शुक्रबार हुने बैठकमा सांगठनिक विभागको जिम्मेवारी, राजनीतिक प्रतिवेदन लगायत समसामयिक विषयमा छलफल हुने स्रोतको दाबी छ । यसअघि प्रधानमन्त्री ओली युरोप भ्रमणमा जानुअघि जेठ २३ गते नेकपा सचिवालय बैठक बसेको थियो ।
माधवकुमार नेपाल नेतृत्वको समितिले केही महिनाअघि नै तयार पारेर सचिवालयमा पेस गरेको राजनीतिक प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन ।