सुख्खा पहिरोका कारण थुनिएका सबै कामदारलाई सकुशल उद्धार (अपडेट)

Post Thumbnail

असार ६,रसुवा । रसुवाको निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा गए राती सुख्खा पहिरोका कारण थुनिएका सबै कामदारलाई सकुशल उद्धार गरिएको छ ।

नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीको टोलीले शुक्रबार बिहान ७ बजेसम्म ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी भागेन्द्रप्रसाद ढकालले जानकारी दिए।

उनले सुरुङ्ग बाहिर भीरबाट पहिरो खसेर कामदार थुनिएकाले उनीहरूलाई कुनै चोट पटक नलागेको र उद्धार पछि आफ्नो क्वाटरमा आराम गरी रहेको बताए ।

उनले आफू सहितको टोली घटनास्थलमा रहेको र सुख्खा पहिरो खस्ने क्रम जारी रहेको बताए । बाहिरी भागमा पहिरो खसेकाले सुरुङ्गमा धेरै ठूलो भौतिक क्षति नभएको समेत फोनमा गोरखापत्र अनलाइनलाई जानकारी दिए ।

गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ तातोपानी क्षेत्र नजिक निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङभित्र बिहीबार राति सुख्खा पहिरो खस्दा १७ जना कामदार थुनिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस