साउन ५, काठमाडौँ । पहिरोका कारण पहाडी जिल्ला जोड्ने तीन मुख्य राजमार्ग सातादेखि ठप्प छन्।
सिद्धिचरण, कोशी र मेची राजमार्गका ठाउँ -ठाउँमा पहिरो खसेको छ।
सिद्धिचरण राजमार्गको बेतेनी–घुर्मी खण्डअन्तर्गत उदयपुरको कटारी नगरपालिका–११ स्थित ठाँटीभन्ज्याङमा ‘एलाइमेन्ट’ नै परिवर्तन गर्नुपर्ने अबस्था भएपछि सञ्चालनमा कठिनाइ भएको छ।
यो राजमार्ग रोकिँदा सोलु, ओखलढुंगा र खोटाङ जिल्लामा औषधि र खाद्यान्न अभाव हुन थालेको छ।
पाँच दिनदेखि अवरुद्ध मेची राजमार्गको पाङ्गे्रभिरमा खसेको पहिरो अझै हटाउन सकिएको छैन।
कोशी राजमार्गको धनकुटा–धरान खण्डमा गएको पहिरो हटाउन तीन महिना लाग्ने भएको छ।