भाद्र ३०, काठमाडौं । तेल प्रशोधन केन्द्रमा आगलागी भएपछि साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेको छ । त्यसपछि इन्धनको मूल्य विश्व बजारमा पछिल्लो चार महिना यताकै उच्च भएको छ ।
सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका दुई ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा झण्डै आधा कटौती गरेको हो । यसर्थ विश्व बजारमा आपूर्ति हुने पाँच प्रतिशत तेलमा कमी आयो ।