असोज ७, काठमाडौं । केन्याको राजधानी नैरोबीको एक प्राथमिक विद्यालयको कक्षाकोठा सोमबार भत्किँदा ७ विद्यार्थीको मृत्यु भएको छ।
केन्याली सरकारका प्रवक्ताका अनुसार घटनामा ५७ जना घाइते भएका छन्।
नैरोबीस्थित ‘प्रिसियस ट्यालेन्ट टप’ विद्यालयको काठको संरचना सोमबार कक्षा सुरु भएको ५ मिनेटमै भत्केको थियो।