जम्मु कश्मीरमा भुकम्प: २५ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ आश्विन ८, बुधबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज ८, काठमाडौं । पाकिस्तान प्रशासित कश्मीरसहितका स्थानमा मंगलबार बेलुका गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।

५.८ म्याग्निच्युडको भूकम्पका कारण कश्मीरका विभिन्न स्थान तथा पाकिस्तानको राजधानी इस्लामावादसहितको जनजीवन प्रभावित भएको छ ।

महिला तथा बालबालिकासहित कम्तिमा २५ जनाको मृत्यु भएको पुष्टि भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । झण्डै ४०० जना घाइते भएको र घाइते मध्ये अधिकांश गम्भीर रहेको जनाइएको छ ।

भूकम्पका कारण सयौँ भवन भत्किएका छन् । ग्रामीण क्षेत्रमा टेलिफोन तथा विद्युत सेवा बन्द भएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम जारी रहेको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस