बालिका अपरहरण गरेको आरोपमा सन्यासी पक्राउ

  • अनलाइन केन्द्र
  • / बैंक/वित्त /
  • २०७६ कार्तिक ५, मंगलबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

कार्तिक ५, बागलुङ । बालिकालाई अपरहरण गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

ग्रहदशा हेर्ने बाहनामा गाउँ छिरेका एक नक्कली सन्यासीले निसीखोला गाउँपालिकामा बालिका अपहरण गरेको स्थानीयले बताए। उनले निसीखोला २ का लोकबहादुर कुँवरकी १० वर्षीया छोरी मिनाक्षीलाई प्रलोभनमा पारेर बुर्तिवाङ लैजादै गरेको भेटिएको भन्दै स्थानीयले प्रहरीमा उजुरी गरेका थिए।

गाउँलेले भेटेर उनलाई प्रहरीमा बुझाएका छन्। बाबुआमा नभएको मौकामा सोमबार उनले ती बालिकालाई कपडा किनिदिने भन्दै बुर्तिवाङतर्फ लगेको बुझिएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको छ। तर ती बालिका र सन्यासीको नातेदार पनि हुन सक्ने भन्दै अपहरण हो वा होइन अनुसन्धान पछि मात्र खुल्ने प्रहरी उपरिक्षक नवराज भट्टले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस