हिमपहिरोमा पुरिएर एक जनाको ज्यान गयाे, दुई जना घाइते

  • अनलाइन केन्द्र
  • / बैंक/वित्त /
  • २०७६ कार्तिक ६, बुधबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

कार्तिक ६, कास्की । अन्नपूर्ण बेसक्याम्प घुम्न गएका एक जनाको हिमपहिरोमा पुरिएर ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा हिमपहिरोले पुरिएर पोखरा– ५ पस्र्याङका १८ वर्षीय सञ्जय खनालकाे ज्यान गएको प्रहरीले जानकारी दिएको छ । घाइते भएका पोखराका सन्तोष बास्तोला र निर्जन कोइरालाको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । अन्नपूर्ण बेसक्याम्प घुम्न गएका पोखराका तीन जना हिमपहिरोमा परेका हुन् ।

घाइतेको हेलिकोेप्टरबाट उद्धार गरी अस्पताल ल्याइएको थियाे भने खराब मौसमका कारण शव ल्याउन सकिएको छैन । हिमपहिरोबाट थुप्रिएको ढिस्कोले पुरिँदा खनालको ज्यान गएको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

हिउँदमा झरेको ढिस्को पग्लिएपछि सुरुङ बनेको र त्यही सुरुङमा फोटो खिच्ने क्रममा ढिस्कोले पुरिएर ज्यान गएको प्रहरीले जनाएकाे छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस